Logo
Logo

पुरुषले लछारपाटो लगाउन सकेनौं, अब महिलालाई अवसर दिऔं : प्रचण्ड


2.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरुष धेरै सत्तामा गएपनि काम गर्न नसकेको बताएका छन् । पाँच दलीय गठबन्धनले शुक्रबार काठमाडौंमा अयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अब महिलालाई कार्यकारी प्रमुखको रुपमा हेर्नु पर्ने बेला भएको बताए । उनले भने, ‘कसैलाई छोरी र कसैले श्रीमती भनेर महिलाभित्र रहेको क्षमतालाई अपमान गर्ने काम भएको छ, पुरुषहरुले धेरै राज गर्‍यौं तर लछारपाटो लगाउन सकेनौं ।’

ऐतिहासिक परिवारसँग सम्बन्धित सदस्यलाई अघि सारेको भन्दै दाहालले भने, ‘यो राजधानीका लागि अवसर पनि हो ।’ उनले देशको राजधानी विदेशहरुको चियाउने आँखीझ्याल भएको भन्दै त्यसलाई सुन्दर बनाउनु पर्ने बताए ।

बिहीबार चितवनको भरतपुरमा र शुक्रबार काठमाडौंमा महिला उम्मेदवारको पक्षमा मत माग्दै प्रचण्डले महिलालाई अधिकार दिन संविधान कार्यान्वयन गरेको दाबी गरे । ‘हिजो भरतपुरमा महिलाको पक्षमा अपिल गरियो, आज काठमाडौंमा अर्को महिला मेयरका पक्षमा अपिल गरेका छौं’ उनले भने, ‘यो खुशीको कुरा हो । ’

महिलाहरुलाई कसरी प्राथमिकता दिने भनि संविधानमा व्यवस्था गरिएको भए पनि व्यवहारमा लागू गर्न समस्या भइरहेकोमा अहिले भने लागू गर्न सकिएको भन्दै प्रचण्डले खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्