Logo
Logo

नेकपा एकीकृत समाजवादीलाई कमजोर नठान्न श्रममन्त्री श्रेष्ठको आग्रह


1.3k
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा (एकीकृत माजवादी)लाई कमजोर नठान्न आग्रह गरेका छन् ।

नेकपा एकीकृत समाजवादी तनहुँले आज दमौलीमा आयोजना गरेको कोणसभामा मन्त्री श्रेष्ठले केही तत्वले पार्टीको अस्तित्व स्वीकार नगरेकाले आफूलाई कमजोर नठान्न आग्रह गरे ।

गठबन्धन भएका ठाउँमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने पार्टीको केन्द्रीय समितिको निर्णय भए पनि तनहुँमा नेकपा (एकीकृत समाजवादी) लाई कमजोर ठानिएको मन्त्री श्रेष्ठको भनाइ थियो ।

विशेषगरी व्यास नगरपालिकामा केही व्यक्तिको अहमताका कारण गठबन्धन हुन नसकेको भन्दै मन्त्री श्रेष्ठले भने, ‘धेरै पटक बैठक बस्यौँ, तर केही अहंकारी साथीले हात्तीमा बसेको चमेरोलाई काँध थाप्न सक्दैनाँै भनेर घमण्ड देखाए । हामी अझै पनि गठबन्धनको पक्षमा छौँ ।’

निर्वाचनको दिन अझै पनि बाँकी रहेकाले व्यास नगरपालिकामा पनि गठबन्धन गरेर जान सकिने मन्त्री श्रेष्ठको भनाइ थियो । ‘अझै पनि मिल्न सकिने ठाउँ छ, त्यसतर्फ ध्यान दिन गठबन्धनका नेतालाई आग्रह गर्छौँ,’ मन्त्री श्रेष्ठले भने ।

पाँच दलीय गठबन्धन संविधान रक्षाका लागि बनेकाले सबै दलको अस्तित्व स्वीकार गर्नुपर्ने उनको भनाइ थयो ।

प्रतिक्रिया दिनुहोस्