Logo
Logo

राप्रपा निकट ६० जना माओवादी प्रवेश, एमालेमा खैलाबैला


48k
Shares

भरतपुर । राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्ष तुलबहादुर घर्तीसहित ६० जना भन्दा बढी युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनीहरुलाई एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खादा र अविर लगाएर पार्टीमा प्रवेश गराएका छन् ।

पार्टी प्रवेश पछि युवालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले देशको परिवर्तनका संबाहक युवा भएको बताए । उनले नव प्रवेशी युवालाई यतिवेला सबैभन्दा महत्वपूर्ण विषय स्थानीय तहको निर्वाचन भएकाले आफ्नो तहबाट निर्वाचनलाई सफल बनाउनको लागि लाग्न निर्देशन दिए ।

प्रचण्डले भने– ‘यसबखत म तपाईंहरुलाई धेरै भन्न चाहन्न । निर्वाचन पछि क्षमता र योग्यता अनुसारको पार्टीको जिम्मेवारी दिने कुरामा विश्वस्त पार्न चाहन्छु ।’

राप्रपाको जिल्ला नेतृत्वमा रहेका युवा माओवादी केन्द्रमा प्रवेश गरेपछि राप्रपासंग चुनावी गठबन्धन गरेको नेकपा एमालेमा यतिवेला खैलाबैला मच्चिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्