इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको बताएका छन् ।
शनिबार चुनावी प्रचारका क्रममा इटहरी पुगेका ओली भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भनी प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले एमालेका उम्मेदवारलाई मत माग्र्दै प्रचण्डले दुर्घटनाको धम्की दिएपनि अन्तिममा चिसै पानीले नुहाउँने बताए । अध्यक्ष ओलीले भने, ‘पुष्पकमल दाहालले दुर्घटनाको धाक धम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो ।’
उनले देउवालाई धम्की दिन चेतावनी दिँदै थपे, ‘हिजो पनि धम्की दिनुभएछ क्यारे, प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बकेझैँ बक्नुभएछ देउवाजी ।’ गठबन्धनका नाममा छोरी, बुहारी, श्रीमतीलाई महिला कोटा दिलाएर गठबन्धनले अन्यत्र महिला उम्मेदवारलाई बन्चित गरेको उनको आरोप छ ।











