
काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान अधिकृतले सिसाकलम प्रयोग गर्न नपाइने भएको छ । निर्वाचन आयोगले मतपत्रमा सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नमिल्ने जनाएको हो ।
सिसाकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहने भएकोले डटपेनलगायत कलमले सही गर्न भनिएको छ ।
आयोगका अनुसार मतपत्रमा कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम-डटपेनले सही गराउन सकिनेछ ।
आयोगले सिसाकलम बाहेक अन्य कलमबाट मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।











