Logo
Logo

पेस्तोल र गोलीसहित दुई जना भारतीय युवक पक्राउ


1.1k
Shares

काठमाडौं । सशस्त्र प्रहरीले बाराको सिम्रौनगढबाट हतियारसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सिम्रौनगढ नगरपालिका–९ मा शनिवार अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जिन र गोलीसहित दुई जना भारतीय युवा पक्राउ परेका हुन् । भारतको बिहारस्थित मोतीहारीका वर्ष २३ का पप्पुकुमार यादव र बिहारकै भेलावाका वर्ष २२ का अकलेशकुमार सिंहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमावर्ती भारतीय गाउँबाट मोटरसाइकल चढेर नेपाल आएका दुवै जनालाई सशस्त्र प्रहरीले रोकेर जाँच गर्ने क्रममा चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने २ राउण्ड गोली, १ थान म्याग्जिन २ थान, कटुवा पेस्तोल १ थान र त्यसको दुई राउण्ड गोली बरामद गरेको बताइएको छ ।

सशस्त्र प्रहरीका अनुसार पेस्तोल र गोलीसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्