Logo
Logo

एन्फा कार्यसमिति बैठक बस्दै


441
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बस्दैछ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडी विवादको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो २ बजे कार्यसमिति बैठक बस्ने भएको हो ।

मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए । त्यसपछि खेलाडीहरूले एन्फालाई छानबिनका लागि आग्रह गरेका थिए ।

उक्त छानबिन र विवादको विषयलाई लिएर बैठक बस्न लागेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्