Logo
Logo

संविधानले दिएको अधिकार संस्थागत गर्नु आजको आवश्यकता : नेता सिंह


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले दिएको अधिकार संस्थागत गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले आइतबार यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भने, “कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई झन्डै दुई तिहाइ मत पाएको तत्कालीन नेकपाको सरकारले कार्यान्वयन गर्न सकेन, संविधानको रक्षा गर्दै जनताको अधिकार स्थापित गर्नु आजको मुख्य आवश्यकता हो ।” कांग्रेसको नेतृत्वमा बनेको संविधान जोगाउने प्रमुख दायित्व पनि कांग्रेसकै भएको उनको भनाइ थियो ।

नेपालको हरेक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका कांग्रेसले निर्वाह गरेको उल्लेख गर्दै नेता सिंहले अब मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने काम पनि कांग्रेसले गर्ने बताए । नेपालका कम्युनिष्ट पार्टीलाई बहुदलीय व्यवस्थामा ल्याउन कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उनको धारणा थियो ।

नेता सिंहले स्थानीय तहको निर्वाचनको प्रभाव प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा समेत पर्ने भएकाले स्थानीय तहलाई नै बलियो बनाउने गरी कांग्रेस लाग्नुपर्ने बताए । उनले केन्द्रीकृत शासन प्रणाली विस्तारै स्थानीय तहमार्फत गाउँगाउँमा पुगेको भन्दै गाउँको समस्या बुझ्ने खालको जनप्रतिनिधिलाई छान्न मतदातालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्