बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईले पैसा बाँडेको आरोप लगोको छ । बाबुराम नेकपा एमालेका उम्मेदवार हुन् ।

वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै माओवादी र नेपाली कांग्रेसकोका कार्यकर्ताले मायालाई कब्जामा लिएका छन् । सिर्जना भूसालको घरमा थुनेर राखेको अवस्थामा उनलाई प्रहरीले उद्धार गरेको छ ।
पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले सुकुम्बासी बस्तीमा नाराबाजी गरेका छन् । इलाका प्रहरी कार्यलय वुटवलका डीएसपी ठगवहादुर केसीले मायामाथि अनुसान्ध गरिरहेको बताए ।















