Logo
Logo

लालपूर्जाबाट पनि मतदान गर्न पाइने


4k
Shares

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न निर्वाचन आयोगले प्रदान गरेको मतदाता परिचयपत्रनै नचाहिने भएको छ ।

निर्वाचन आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै परिचय खुल्ने अन्य कागजातबाट मतदान गर्न पाइने बताएको हो ।
निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगबाट जारी गरिएको मतदानता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी र जग्गाधी प्रमाणपूर्जा मध्ये कुनै एक कागजात भए मतदान गर्न पाइने छ । तर, यी सबै कागजातको सक्कल प्रमाण हुनुपर्ने भनिएको छ ।

आयोगले विभिन्न पाँच कागजातका आधारमा मतदान गर्न पाइने भनेता पनि आयोगबाट प्रकाशित अन्तिम मतदाताको नामावलीमा नाम समावेश भएको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्