Logo
Logo

उपत्यका नगरपालिका फोरमको कार्यालय तोडफोड


756
Shares

भक्तपुर । उपत्यका नगरपालिका फोरमको कार्यालय अज्ञात समूहले तोडफोड गरेको छ ।

बुधवार मध्यपुरथिमि नगरपालिका–३ स्थित गठ्ठाघरमा रहेको फोरमको कार्यालयमा तोडफोड भएको नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

कार्यालयको ताला फुटाएर ढोका फोडिएको, कार्यालयभित्रका दराजलगायतका सामान फुटाइएको, सामान यत्रतत्र छरिएको अवस्थामा भेटिएको उनको गुनासो थियोे ।

थिमिस्थित महानगरीय प्रहरी वृत्तका प्रहरी निरीक्षक निर्मल थापाले चोरी गर्ने समूहले कार्यालय फुटाएको हुनसक्ने बताए ।

उनले नगरपालिका फोरमको कार्यालय र त्यही भवनमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पनि फुटाएको जानकारी दिए ।

सहकारीबाट रु. एक हजार ८०० चोरी भएको र सोही भवनमा रहेको फोरमको कार्यालय पनि फुटाएको अवस्थामा भेटिएकाले चोरी गर्ने समूहले नै कार्यालय फुटाएको हुनसक्ने उनको जिकिर थियो ।

प्रहरी निरीक्षक थापाले प्रहरीको विशेष टोलीले दुवै कार्यालयको घटनास्थलको निरीक्षण गरी क्षतिको विवरण लिएको, घटनाबारे अनुसन्धान भइरहेको र कार्यालय तथा सहकारी फुटाउनेको खोजी भइरहेको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक हरिनारायण चौधरीले प्रहरी एवं सुरक्षाकर्मी निर्वाचनमा खटिएको मौका पारेर चोरी गर्ने समूह सक्रिय भएको हुनसक्ने भएकाले सबैमा सचेत रहनसमेत आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्