Logo
Logo

उत्तर कोरियामा कोरोना पुष्टि भएपछि देशभर लकडाउन


एजेन्सी


प्योङयाङ । उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जनाएको छ । कति जनालाई कोरोना संक्रमित भए भन्नेचाहिँ खुलाइएको छैन ।

उत्तर कोरियाली अधिकारीहरूले पहिलो पटक आफ्नो देशमा कोरोनाको संक्रमण पुष्टि भएको स्वीकारेका हुन् ।
सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरबाट कोरोनाभाइरस फैलिन सुरू गरेको थियो । यो बीचमा कोरोना संसारभरि फैलिए पनि चीनको छिमेकी उत्तर कोरियाले आफ्नो देशमा कोरोना आइनपुगेको दाबी गर्दै आएको थियो ।

पहिलो पटक कोरोना संक्रमित भेटिएपछि अहिले उत्तर कोरियामा देशभरि लकडाउन घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाली शासक किम जोङ उनले वर्कर्स पार्टीको बैठकमा देशभरि लकडाउन गर्न निर्देशन दिएका हुन् ।

कोरोनाका एक जना पनि संक्रमित नभएको भन्दै उत्तर कोरियाले नागरिकलाई कोरोनाविरूद्धको भ्याक्सिन समेत लगाएको छैन । कोभ्याक्स र चीनले भ्याक्सिन दिन खोज्दा अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्