Logo
Logo

रुपन्देहीमा निर्वाचन तयारी पूरा


पविता पौडेल

378
Shares

रुपन्देही । रुपन्देहीमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ ।

जिल्ला निर्वाचन कार्यालयको अनुसार मतदान अधिकृत तथा सहायक मतदान अधिकृत मतदान केन्द्रमा पुगिसकेका र मतदान केन्द्रमा तयारी सम्पन्न भएको छ ।

१६ वटा पालिका रहेको जिल्लाको सबै मतदान केन्द्र र मतदान स्थलहरुमा निर्वाचनको व्यवस्थापन तयारी पूरा भएको भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान केन्द्रका आवश्यक सबै तयारी भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले जानकारी दिए ।

रूपन्देहीमा सात सय मतदान केन्द्र र २०८ मतदान स्थल तोकिएका छन् । अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका हुन् ।

मतदाताको सङ्ख्या बढेपछि मतदान केन्द्र थप गरिएको हो । जिल्लामा ६ लाख ३२ हजार ७ सय ६० मतदाता छन् । जसमध्ये २३ हजार नयाँ मतदाता हुन् ।

जिल्लामा ३ लाख २३ हजार ७ सय ७८ पुरुष, ३ लाख ८ हजार ५ सय ७४ महिला तथा ८ जना अन्य सहित ६ लाख ३२ हजार ३ सय ६० जना मतदाता मतदाता रहेका छन् ।

निर्वाचन कार्यालयकाअनुसार बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी ९० हजार मतदाता छन् । सबैभन्दा कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ मतदाता रहेका छन् ।

मैसमको मध्यनजर गर्दै जिल्लाका सबै मतदान केन्द्रमा टेन्ट लगाइएकाे । मतदाता परिचयपत्र भने बुधबारबाटै वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्