Logo
Logo

मतदानपछि प्रचण्डको प्रतिक्रिया : जित-हारलाई स्वाभाविक लिनुपर्छ


1.9k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान गरेपछि निर्वाचनमा जित–हारलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले चितवनबाट मतदान गरेका हुन् ।

मतदानपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै अध्यक्ष प्रचण्डले भने, ‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुनु हुँदैन ।’ उनले राजनीतिक रुपले अप्ठ्यारो स्थितिमा आफूहरुले गठबन्धन गरेको बताए ।

प्रचण्डले भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालसँगै भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गरेका हुन् । रेनु सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्