
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदान गरेका छन् ।
महामन्त्री थापाले काठमाडौंस्थित मैतिदेवी मन्दिरमा रहेको मतदानस्थलबाट मतदान गरेका हुन् । संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन आज भइरहेको छ ।
संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन भइरहेको हो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ ।
नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ ।














