Logo
Logo

गोरखामा हवाई फायर


693
Shares

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’ मतदान केन्द्रमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ ।

स्थानीय एक व्यक्तिले आफ्नो बावुको मतदान गरेर फर्कन लाग्दा धकेलाधकेल भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो ।

झडप भएपछि ज्ञान मार्ग मावि केन्द्रको बुथमा टाँगेको डोरीहरु पनि चुँडिएको ज्ञानमार्ग माविको ‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारी विमल रेग्मीले जानकारी दिए ।

‘ब्यालेट बक्सभित्र लगेर राखेका छौँ, डोरीहरु पनि चुँडिएको छ, फेरि बुथ बनाएर अब मतदान प्रक्रिया सुरु गर्न सर्वदलीय बैठक चलिरहेको छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले सानो हतियारबाट एक राउण्ड हवाई फायर भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्