Logo
Logo

रौतहटमा झडप, १५ जना घाइते


756
Shares

रौतहट । रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ । लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो ।

दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि झडप भएको सिर्जना भएको थियो । झडप अझै नियन्त्रणमा नआइसकेको प्रहरीले जनाएको छ । झडपका क्रममा १५ जनाको टाउको फुटेको बताइएको छ ।

उक्त ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप बल पठाउँदै गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्