Logo
Logo

मतदान गोप्य नै हुनुपर्छ भन्ने छैन : बाबुराम भट्टराई


504
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा आफूले गरेको मतसंकेतसमेत सार्वजनिक गरेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने सिद्धान्न नभएको बताएका छन् ।

शुक्रबार विहान गोरखाको पालुङटार नगरपालिका-१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका उनले आफूले गरेको मतसंकेत समेत देखिने गरी तस्वीर सार्वजनिक गरेका थिए ।

बाबुरामले मतपत्र देखाएको भन्दै आलोचना भएपछि उनले आफ्नो विचार÷मत खुला रुपमा व्यक्त गर्न पाउनुपर्ने बताए । ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार÷मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुदैन।’

उनले भनेका छन्, ‘गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !’

प्रतिक्रिया दिनुहोस्