Logo
Logo

ढुंगाले लागेर घाइते भएकाको हेलिकप्टरबाट उद्धार


756
Shares

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीचको झडपमा मतदान अधिकृतसहित ३ जना घाइते भएका थिए ।

झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेका छन् । अहिले मतदान रोकिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्