Logo
Logo

हेटौडा उपमहानगरमा एकीकृत समाजवादीले लियो अग्रता


116.2k
Shares

हेटौडा । मकवानपुरको हेटौडा उपमहानगरपालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार मीनाकुमार लामा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।

हालसम्मको मतपरिणाम अनुसार लामाले १५८९ मत प्राप्त गरेका छन् । मुख्य प्रतिस्पर्धी नेकपा एमालेका मेयर उम्मेदवार अनन्नतप्रसाद पौडेलले १५५० मत प्राप्त गरेका छन् । त्यसैगरी, मेयरका अर्का उम्मेदवार दिपकबहादुर सिंहले १४१४ मत प्राप्त गरेका छन् । सिंह राप्रपाका उम्मेदवार हुन् ।

उपमेयरमा पनि गठबन्धनले नै अग्रता लिएको छ । नेपाली कांग्रेसका राजेश बानिया गठबन्धनका साझा उम्मेदवार हुन् । उनले २२२६ मत प्राप्त गरेका छन् भने प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुमित्रना न्यौपानेले १८०६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्