Logo
Logo

उम्मेदवार नै नभएको रुखलाई दोस्रो स्थानको मत


16.3k
Shares

काठमाडौं । ललितपुर महानगरमा उपमेयरमा कांग्रेसको उम्मेदवार नै नभएको रुख चिह्नमा समेत मत परेको छ । सत्ता गठबन्धनले तालमेल गरेको उक्त महानगरमा कांग्रेसको मेयर र माओवादी केन्द्रको उपमेयरको उम्मेदवार छन् । तर, कांग्रेसले उपमेयर नउठाएको उक्त महानगरमा कांग्रेसको रुख चिह्नमा ३११ मत खसेको हो ।

गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले भने १६७ मत पाएका छन् । मेयरमा उम्मेदवारी नदिएको माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्म्मा पनि १० मत परेको छ । उपमेयरमा एमालेका उम्मेदवारले पहिलो स्थानको मत पाएका छन् । एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले उपमेयरमा ४२० मत ल्याएकी छन् ।

ललितपुरमा कांग्रेसका मेयर चिरिबाबु महर्जन फराकिलो अन्तरले अग्रता लिइरहेका छन् । उनले ८७७ मत ल्याउँदा एमालेका उम्मेदवारले ४०२ मत पाएका छन् । एमालेबाट हरिकृष्ण व्यञ्जनकार मेयरको उम्मेदवार छन्. ।

प्रतिक्रिया दिनुहोस्