Logo
Logo

बाग्लुङको ताराखोला गाउँपालिकामा माओवादी विजयी


4.4k
Shares

काठमाडौैं । बाग्लुङको ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका धनबहादुर विक अध्यक्ष निर्वाचित भए । निर्वाचित अध्यक्ष गठबन्धनका उम्मेदवार हुन् ।

अध्यक्ष निर्वाचित धनबहादुरले २२८५ मत प्राप्त गरेका छन् भने पराजित प्रकाशले २०९० मत प्राप्त गरेका छन् । प्रकाश १९५ मतान्तरले पराजित भएका हुन् ।

उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । गठबन्धनका नेपाली कांग्रेसबाट उपाध्यक्षका उम्मेदवार भीमबहादुर रोका ३४०३ मतसहित निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार थममाया घर्ती पराजित भएका हुन् । थममायाले ५६१ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्