Logo
Logo

भरतपुरमा रेनुकै अग्रता कायम


7.5k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् ।

चार हजार ८७७ मत गनिसक्दा रेनुले १७२७ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले ५७९ मत पाएका छन् ।

त्यस्तै राप्रपा उम्मेदवार हिमला गुरुङले १३३३ मत पाएकी छन् । भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल बनेको हो । नेकपा एमालेले पनि राप्रपासँग तालमेल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्