काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले लगाता अग्रता लिएका छन् ।
आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मतपरिणाम अनुसार बालेनले अहिलेसम्म २८२० पाएका छन् ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् । शनिबार सुरु गरिएको मतगणनामा हाल वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।











