जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ ।
दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारी दिएका धनबहादुरलाई अघि सारेका थिए । उनीहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।

धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याए । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका छन् । महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्ले विजयी भएका छन् ।
दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल बिजयी भए । एक जना महिला सदस्य मात्र कांग्रेसबाट बिजयी भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ ।














