Logo
Logo

तानसेनको पाँच वटा वडामा गठबन्धनको प्यानल नै विजयी, मेयरमा पनि गठबन्धनकै अग्रता


5.6k
Shares

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाको पाँच वटा वडामा गठबन्धनको प्यानल नै विजयी भएका छन् । नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ वडामा गठबन्धनको प्यानल नै विजयी भएका हुन् ।

तानसेन-१ गठबन्धनले जितेसँग एमालेको गढ भत्किएको छ । तानसेन-१ लाई एमालेको गढ मानिँदै आएको थियो ।

पाँच वटा वडाको मतगणना सकिँदा नगरपालिकाको मेयरमा पनि गठबन्धनकै उम्मेदवार सन्तोषलाल श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले १२ सय मतसहित अग्रता लिएका छन् ।

मेयरका उम्मेदवार श्रेष्ठका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धनेन्द्रराज घिमिरेले श्रेष्ठलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्