Logo
Logo

बाबुरामको गृहनगरमा माओवादीले लियो अग्रता


19.5k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगरमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

माआवादीबाट मेयरका उम्मेदवार विवश चिन्तनले हालसम्म १७६६ मत प्राप्त गरेका छन् । बाबुरामको पार्टी जसपाका मेयर उम्मेदवार प्रेमबहादुर गुरुङले १५१२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका मेयर उम्मेदवार दिपकबाबु कँडेलले १४८५ मत ल्याएका छन् ।

पालुङटारमा उपमेयरतर्फ पनि माओवादीले नै अग्रता लिएको छ । माओवादीबाट उपमेयरको उम्मेदवार बन्दाना पण्डले अहिलेसम्म १८३४ मत पाएको छ ।

त्यसैगरी कांग्रेसका उम्मेदवार चेतकुमार श्रेष्ठले १३९९ र नेकपा एमालेका पार्वतीदेवी पाठकले ७०१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्