Logo
Logo

काठमाडौं बालेनले बढाए अग्रता, केशव स्थापित दुई हजारले पछि


2.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढाइरहेका छन् ।

पछिल्लो मतगणना अनुसार शाहले ४१३९ मत प्राप्त गरेका छन् । बालेनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले २१४८ मत ल्याएर पछ्याइरहेका हुन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १९३४ मत पाएकी छन् ।

अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ । छ वटै वडामा बालेनले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्