काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएर मतदाताको अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।

एमालेले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेका आरोप लगाएको थियो ।
उक्त आरोपप्रति महामन्त्री थापाले एमालेले मतगणनाको प्रारम्भिक विवरण आउन थालेपनि निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाउनुले मतदाताको अपमान भएको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।
थापाले भनेका छन्, ‘अन्तिम परिणाम कुर्नेसमेत धैर्यता नराखी नेकपा एमालेले सिंगो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो ।’














