धनुषा । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरका उम्मेदवार मनोजकुमार साहले अग्रता लिएका छन् ।
पछिल्लो मत गणनाअनुसार साहले १९१८ मत ल्याउँदा एमालेका शिवशंकर साहले ९१८ मत ल्याएका छन् भने लोसपाका मनोज चौधरीले ३११ मत ल्याएका छन् । त्यस्तै जसपाका लाककिशोर साहले २४५ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार किशोरी साहले १८७६ मत प्राप्त गरेका छन् भने एमालेका रुना झाले ९९६ मत प्राप्त गरेका छन् । त्यस्तै लोसपाकी रिता मिश्राले ३४१ मत प्राप्त गरेकी छन् ।














