झापा । झापाको दमक नगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राम थापाले ३७ सय २९ मतसहित अग्रता कायम राखेका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले ३२ सय ७२ मत ल्याएका छन् ।
उपमेयरमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी रेगिना भट्टराईले अग्रता कायम राखेका छन् । उनले ३१ सय ३९ मत ल्याउँदा एमालेका अम्बिकाप्रसाद खनालले २९ सय २ मत प्राप्त गरेका छन् ।
दमक पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यहाँ ६ दलीय गठबन्धनबीच चुनावी तालमेल रहेको छ ।














