Logo
Logo

तेह्रथुमको फेदापमा एमालेको किल्ला ढल्यो, गठबन्धन विजयी


21k
Shares

काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार केशव भेटवाल विजयी भएका छन् ।

भेटवालले ४०४१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हरि चोङबाङले ३४८७ मत ल्याए । चोङबाङले अघिल्लो निर्वाचनमा अध्यक्षमा निर्वाचति भएका थिए ।

त्यस्तै, पालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका सुनिता पेहिम निर्वाचित भएका छन् । उनले ३९४१ मत प्राप्त गरेका छन् । उनले एमालेका उम्मेदवार गीता थापालाई पराजित गरेकी छन् । एमालेका उपाध्यक्ष उम्मेदवार थापाले ३३३५ मत ल्याएका छन् । यससँगै फेदापमा एमालेको किल्ला ढलेको छ ।

प्रतिक्रिया दिनुहोस्