Logo
Logo

बैतडीको पञ्चेश्वरमा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी


315
Shares

काठमाडौं । बैतडीको बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । पञ्चेश्वर गाउँपालिका अध्यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा बिना भट्ट विजयी भएका हुन् ।

अध्यक्षमा एमालेका चन्दले ३७८२ मत ल्याएर भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश भण्डारीले २४८८ मत ल्याए ।

उपाध्यक्षमा भट्टले ३०६४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धि नेकपा एकीकृत समाजवादीका राजेन्द्र चन्दले २५०० मत प्राप्त गरे ।

पञ्चेश्वरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादीबीच गठबन्धन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्