Logo
Logo

दैलेखको भैरवीमा पनि एमालेकाे गड भत्कियो, कांग्रेस विजयी


1.6k
Shares

दैलेख । दैलेखको भैरवीमा नेपाली कांग्रेसले एमालेको गढ भत्काएको छ । यो पालिका एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिका हो । जहाँ पालिका अध्यक्षमा कांग्रेसका रिताकुमारी शाही विजयी भएका छन् ।

शाहीले ३९७६ मत ल्याएर विजयी भएका हुन् भने उपाध्यक्षमा पनि कांग्रेसकै देवी भण्डारीले ३३७४ मत ल्याएर विजयी भएका छन् ।
एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३९६० मत ल्याएर पराजित हुन पुगे भने उपाध्यक्षमा एमालेले ३२२७ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्