
काठमाडौं । हेलम्बु गाउँपालिकाको अध्यक्षमा पुनः नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् । उनले ५ हजार ३८६ मत ल्याएर अध्यक्ष बनेका हुन् ।
एमालेका दावा लामा ४ हजार ६०४ मत ल्याएर पराजित भए । माओवादी केन्द्रका पेमा लामाले ८१३ मत पाए ।
उपमेयरमा कांग्रेसकै अप्सरा लम्साल लामिछाने निर्वाचित भएकी छिन् । उनले ५ हजार २१४ मत ल्याइन् ।
एमालेकी गंगा अर्यालले ४ हजार ६७१ मत ल्याएर चुनावमा पराजय भईन् ।











