Logo
Logo

ताप्लेजुङको मेरिङदेनमा कांग्रेस, फक्ताङ्लुङमा माओवादी विजयी


1.6k
Shares


काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका डम्बर हाङ्गाम निर्वाचित भएका छन् । २ हजार ८ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केदारजङ चोङ्वाङले २ हजार ७ सय ७० मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका दुर्गाप्रसाद चोङ्वाङ निर्वाचित भएका छन् । उनले २ हजार ५ सय ९८ मत प्राप्त गरे ।

यसैगरी ताप्लेजुङकै फक्ताङलुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बू निर्वाचित भएका छन् । उनले २ हजार ६ सय ६० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज एभेङले २ हजार ३ सय १२ मत प्राप्त गरे । एभेङ अघिल्लो निर्वाचनमा निर्वाचित भई गाउँपालिका अध्यक्ष थिए । उपाध्यक्षमा कांग्रेसका रबिन साम्रा लिम्बू २ हजार ३ सय ५८ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्