Logo
Logo

म्याग्दीको रघुगङ्गामा कांग्रेस विजयी


126
Shares

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा भवबहादुर भण्डारी ४ हजार ३८ र उपाध्यक्षमा प्रेमकुमारी पुन ३ हजार ३ सय ६४ मतसहित निर्वाचित भएका हुन् । भण्डारी यसअघि पनि गाउँपालिका अध्यक्ष थिए ।

भण्डारीका निकटतम प्रतिद्धन्द्धी एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २ सय ८९ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले मत प्राप्त गरेकी छन् ।

८ वटा वडा रहेको रघुगङ्गाको ५ वडा कांग्रेस र ३ वडामा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्