
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको गृहनगर इलाम नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
सदरमुकामसमेत रहेको इलाम नगरपालिकामा जसपा बाहेकको सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केदार थापा मेयरका उम्मेदवार हुन् । अहिलेसम्म थापाले ६२४३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
असअघि इलाममा मेयर जितेको नेकपा एमालेबाट धिरेन चेम्जोङ यसपटक मेयरका उम्मेदवार छन् । चेम्जोङले हालसम्म ५९५८ मत प्राप्त गरेका छन् ।
इलाम नगरपालिकाको उपमेयर पदका लागि जारी मतगणनामा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका बिष्णुकुमारी लिम्बू उपमेयरका उम्मेदवार हुन् । लिम्बूले अहिलेसम्म ६४६० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार सीतादेवी रिजाल ५७३९ मतसहित दोस्रो स्थानमा रहेका छन् ।














