Logo
Logo

झलनाथ खनालको गृहनगरमा एकीकृत समाजवादीको फराकिलो अग्रता


141.5k
Shares

गठबन्धनबाट मेयर र उपमेयरका उम्मेदवार

इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधनमन्त्री झलनाथ खनालको गृहनगरमा इलामको सूर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीले फराकिलो अग्रता कायम गरेको छ ।

सूर्योदयमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रनबहादुर राई मेयरका उम्मेदवार हुन् । राईले मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका छन्् । पछिल्लो मतपरिणाम अनुसार उनले २६३२ मत प्राप्त गरेका छन् ।

सूर्योदयमा मेयरका अर्का प्रत्यासी हुन्, प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयर प्रतिस्पर्धामा आएका काजीमान कागते । उनी नेकपा एमालेबाट मेयरका उम्मेदवार हुन् । उनले हालसम्म २३३५ मत प्राप्त गरेका छन् ।

सूर्योदयको उपमेयर पदमा पनि गठबन्धनले नै अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका दुर्गाकुमार बराल गठबन्धनबाट उपमेयरका साझा उम्मेदवार हुन् । उनले अहिलेसम्म २६७६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेले दुर्गादेवी भट्टराईलाई उपमेयरको उम्मेदवार बनाएको छ । गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धामा रहेका भट्टराईले हालसम्म २०७६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्