काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ । वरिष्ठ उपाध्यक्ष पाेखरेलकाे निर्वाचन क्षेत्र टोखा नगरपालिकाका मेयर र उपमेयर दुवैमा कांग्रेसका उम्मेदवारले अग्रता लिएको हो ।

पछिल्लो मतपरिणाम अनुसार टोखा नगरपालिकाको मेयरमा कांग्रेसबाट उम्मेदवार बनेका रजनी थापाले ५११२ मतसहित अग्रता लिएका छन् । उनका निटकतम प्रतिद्वन्द्वी एमालेका प्रकाश अधिकारीले ४८९२ मत पाएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका शेखर श्रेष्ठले ८३१, नेपाल मजदुर किसान पार्टीका रविन्द्र डंगोलले ४४६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर केसीले २८४ र नेकपा एकीकृत समाजवादीका कविताकुमारी गौतम ६८ पाएका छन् ।
उपमेयरतर्र्फ कांग्रेसका मुरारी तामाङले ५०४३ मत पाउँदा एमालेका ज्ञानमाया डंगोलले ४६२९ पाएका छन् । त्यस्तै माओवादी केन्द्रका यमुना पुडासैनीले १०८१, नेपाल मजदुर किसान पार्टीका मिना महर्जन डंगोलले ४२४ पाएका छन् । टोखामा कुनै पनि पार्टीले गठबन्धन गरेको छैन ।
नेता पोखरेलले टोखा नगरपालिका वडानम्बर ६ स्थित नमोबुद्ध स्कुलमा रहेको मतदान स्थलबाट मतदान गरेका थिए । पोखरेल काठमाडौ निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य समेत हुन् ।














