
झापा । नेपाली कांग्रेसका महानमन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेबाट मेयरका उम्मेदवार गोपालचन्द्र बुढाथोकीले १२४५ मतका साथ अग्रता लिएका हुन् ।
सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकी मेयरका उम्मेदवार हुन् । हालसम्म इन्द्रबहादुरले १०४३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि एमालेले फराकिलो अग्रता लिएको छ । मीनाकुमारी पोखरेल एमालेबाट उपमेयरका उम्मेदवार हुन् । उनले अहिलेसम्म ११४५ मत पाएका छन् ।
सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारी उपमेयरका उम्मेदवार छन् । उनले अहिलेसम्म आधाभन्दा कम ५५३ मत मात्र प्राप्त गरेका छन् ।














