Logo
Logo

गगन थापाको क्षेत्रमा एमालेको अग्रता


12.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका मिठाराम अधिकारीले अग्रता लिएका हुन् । उनले ४७३८ गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसे ४५८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण श्रेष्ठले १५३६ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सुमित खरेल
७४३ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मदेवार निना भेटुबालले पनि २६७ मत प्राप्त गरेका छन् ।

बुढानिलकण्ठका उपमेयरतर्फ पनि एमालेले नै अग्रता लिएको छ । एमालेका उम्मेदवार अनिता लामाले ५२४२ मतसहित अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका रमिला वाग्‍लेले ५०५२, नेकपा एकीकृत समाजवादीका प्रमिला सापकोटाले ९५० र राप्रपाका चम्पादेवी अधिकारीले ३५० मत प्राप्त गरेका छन् ।

बुढानिलकण्ठ गगन थापाको क्षेत्र हो । मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्