Logo
Logo

भगवतीमाईमा एमालेबाट माओवादीले खोस्यो पालिका अध्यक्ष


2.1k
Shares

काठमाडौं । दैलेखको भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश थापा विजयी भएका छन् ।

थापा २ हजार ८ सय ४६ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मेयर उम्मेदवार खड्काले २ हजार २०३ मत ल्याए । एमालेका शान्ति शर्माले १ हजार ९३४ मत ल्याए ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी मीना खड्का २ हजार ६८३ मत ल्याएर निर्वाचित भएका छन् । माओवादीकी मनीषा सोनीले २ हजार २४७ मत ल्याएकी छन्।

भगवती माईमा यसअघि २०७४ मा एमालेलले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्