
पोखरा । पोखरा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले फराकिलो अग्रता लिएको छ ।
पोखरा महागनरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।
पछिल्लो मतपरिणाम अनुसार आचार्यले ५७४८ मत प्राप्त गरेका छन् । मुख्य प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले हालसम्म ५०७८ मत पाएका छन् ।
उपमेयरमा भने नेकपा एमालेले अग्रता लिएको छ । मञ्जुदेवी गुरुङ एमालेबाट उपमेयरका उम्मेदवार हुन् । गुरुङले अहिलेसम्म ५५६४ मत पाएका छन् ।
गठबन्धनबाट उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको भने अग्रता यात्रा रोकिएको छ । निरन्तर अग्रता कायम गर्दै आएका रानाभाट पछिल्लो मतपरिणाम अनुसार पछि परेका छन् । उनले, ५४७४ मत पाएका छन् ।














