Logo
Logo

कालीकोटमा स्वतन्त्र उम्मेदवार विजयी


1.1k
Shares

काठमाडौं । कालीकोटका नौ स्थानीय तहमध्ये दुईवटा नगरपालिकाको मत परिमाण सार्वजनिक भएको छ ।

दुई नगरपालिकाको चुनावी नतिजाअनुसार खाँडाचक्र नगरपालिका स्वतन्त्र उम्मेदवार र तिलागुफा नगरपालिका नेपाली कांग्रेसका उम्मेदवारले प्रमुख पदमा निर्वाचित भएका छन् ।

खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन् ।

उनले २७९७ मत पाए भने उनका प्रतिस्पर्धी पूर्वनगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका गरे। पाण्डेले २३६६ मत पाए । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशबहादुर शाही विजयी भए । उनले २५१५ ल्याएर विजय भएका हुन् ।

त्यस्तै, तिलागुफा नगरपालिकाको चुनावी परिणाम आएको तिलागुफा नगरपालिकामा कांग्रेसका शङ्करप्रसाद उपाध्यायले २९१६ मत ल्याएर विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश चदाँराले २५४० मत ल्याएर पराजित गरे।

उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही २७५६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र गीता थापाले २४१६ मत ल्याएका थिए । यस नगरपालिकामा कांग्रेस र एमालेको गठबन्धन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्