काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन् ।

एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मत अन्तरले पराजित गर्दै नकर्मी विजयी भएका हुन् । उनले ९ हजार ४३ मत ल्याए भने बज्राचार्यले ५ हजार ५०७ मत ल्याए ।
उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन् । उनले ८ हजार ८६५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी बिन्दु मर्हजनले ७ हजार २०६ मत पाए ।
शाक्य जनता समाजवादी पार्टी (जसपा)का नेता हुन् । उनले रूख चिन्हबाट चुनाव लडेका थिए ।
कीर्तिपुरमा २०७४ सालमा मेयर र उपमेयर दुबै पदमा एमालेले जितेको थियो ।











