कैलाली श्र कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।
सोमबार साँझको मतपरिणाम अनुसार उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौराले चार हजार ४२० मत पाएका छन ्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज रावलले दुई हजार ५८१ मत पाएका छन् ।

त्यस्तै, तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार श्याम खत्रीले एक हजार ८८४ मत पाएका छन् ।
यस्तै, उपमेयरमा पनि उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्माले अग्रता लिएका छन् । उनले तीन हजार ४११ मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खड्कबहादुर शाहले तीन हजार २७२ मत पाएका छन् । टीकापुरमा उन्मुक्ति पार्टीले शुरूआतबाट अग्रता लिंदै आएको छ ।














