Logo
Logo

‘बाजा नबजाउ’ भन्दै एकीकृत समाजवादीको विजयी जुलुसमा एमालेको आक्रमण


40.6k
Shares

दोलखा । दोलखाका अधिकांश पालिकामा पराजित हुने संकेत देखिएपछि नकेपा एमालेले नेकपा समाजवादीको बिजयी जुलुसमा आक्रमण गरेको छ ।

एमालेका पूर्वमन्त्री पार्वत गुरुङको गाउँ गौरीशंकर गाउँपालिकामै गठबन्धनले जित्ने भएपछि एमाले आक्रमणमा उत्रिएको हो ।
दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नं. २ मा नेकपा एकीकृत समाजवादीले बिजयी हासिल गरेपछि आयोजना गरिएको बिजयी जुलुसमा नेकपा एमालेका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । मेलुङमा समाजवादीका तर्फबाट अध्यक्षका उम्मेदवारलाई गठबन्धनले समर्थन गरेकाले एमाले पराजित हुने भएपछि आत्तिन पुगेको छ ।

वडा नम्बर–२ सुकाठोकरको विजयी जुलुसमा स्याङ्बाडाँडामा एमालेका कार्यकर्ताले आक्रमण गरेका हुन् । वडाको कल्लेरी भन्ने स्थानबाट सुरु भएको बिजयजुलुस स्याङ्बाडाँडामा पुग्दा एमाले कार्यकर्ता अम्बर तामाङलगायत १०–१२ जनाको समूहले आक्रमण गरेको समाजवादीले आरोप लगाएको छ ।

बिजय जुलुसमा बाजा किन बजाएको भन्दै उनीहरुले आक्रमण गरेका वडाअध्यक्ष भण्डारीको भनाइ छ । उनका अनुसार बिजयी जुलुस कल्लेरीबाट सुरु भएर कालिका स्कुलमा पुगेर समापन हुने कार्यक्रम थियो ।

जुलुस स्याङ्बाडाँडा आइपुग्दा अचानक १०–१२ जनाको समूहले एक्कासी आएर बाजा नबजाउन भनेको र बाजा नबजाई २०–२५ मिटर पर पुग्दा उनीहरुले छानीछानी आक्रमण गरेका थिए ।

उनका अनुसार एमालेको उदण्ड समूहको आक्रमणबाट रामेश्वर थापा, रामहरि खड्का, विष्णु बस्नेत, शिव कार्की, युवराज कार्की, कृष्ण कार्की लगायत करिब १ दर्जन कार्यकर्ता घाइते भएका छन् । कुटपिटबाट २ जना गम्भीर घाइते भएका छन् । सुकाठोकरमा वडाध्यक्ष भण्डारी ३५० मत ल्याएर बिजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्