सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले ‘क्लिनस्विप’ गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पद जित्दै क्लिनस्विप गरेको हो ।
अध्यक्षमा रामपदारथ साह चार हजार ६६८ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादीका विनोदकुमार साहले तीन हजार २७१ मत पाए ।
यस्तै, उपाध्यक्षमा कांग्रेसका श्यामकला यादवले चार हजार ६१० मतसहित निर्वाचित भइन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका गीतादेवी रायले तीन हजार ३११ हजार प्राप्त गरेका छन् ।
यस्तै, कांग्रेसबाट वडा नं. १ मा निरञ्जन प्रसाद कलवार, वडा नं. २ मा शङ्कर साह तेली, वडा नं. ३ मा गौतमकुमार यादव, वडा नं. ४ मा श्यामप्रसाद साह, वडा नं. ५ मा नवीनकुमार यादव, वडा नं. ६ मा हिरेन्द्रकुमार यादव र वडा नं. ७ मा रामसागर महतो कोइरी निर्वाचति भएका छन् ।














