ओखलढुंगा । ओदढुंगाको खिजिदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का गम्बु शेर्पा निर्वाचित भएका छन् । उनले २ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका प्रतिथस्पर्धी नेपाली कांग्रेसका भुपेन्द्र बस्नतेले २ हजार ७ सय ५२ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका सुशीला तामाङ विजयी भएका छन् । उनले २ हजार ८ सय २४ मत प्राप्त गरिन् । उनका प्र्रतिस्पर्धी जसपाका मानकुमारी तामाङले २ हजार २ सय ४१ प्राप्त गरिन् ।
जसपाबाट अध्यक्षका उम्मेद्वार गम्बु शेर्पा गायक समेत हुन् । उनी एक दशक भन्दा बढी समय अमेरिका बसेर फर्किएका हुन् ।














